Banner

न्युयोर्क निवासी नेपाली साहित्यकार दिपक प्याकुरेलको एल्महर्स्ट हस्पिटलमा निधन

 

मकै हाउस टिभी एण्ड न्युज, दिवाकर बागचन्द 

न्युयोर्क । न्युयोर्क निवासी नेपाली साहित्यकार दिपक प्याकुरेलको ५३ वर्षको उमेरमा निधन भएको छ।

 

केही समयदेखि निमोनिया र जन्डिसबाट ग्रसित प्याकुरेको न्युयोर्कको एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार प्याकुरेलको बिहिबार बिहान २ बजे निधन भएको हो। प्याकुरेलका श्रीमति, एक छोरा र एक छोरी छन्।

आधा दर्जन बढी गीतका लेखक प्याकुरेलका गीतमा आनन्द कार्की लगायतका गायकले स्वर दिएका छन्। प्याकुरेलको उबर नामक पुस्तक प्रकाशित छ।

बाह्र वर्ष पछि र वेभअफ लाइभ पुस्तकका लेखक प्याकुरेल उबरको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा समेत थिए।

स्वर्गीय प्याकुरेलको अन्तेष्टी न्युर्योकमा नै गरिने नजिकका आफन्त सन्जय थापाले जानकारी दिए।

 

 

Loading...