Banner

तलब नपाएको भन्दै शिक्षिकाहरुद्वारा विद्यालयमा तालाबन्दी

 

 

मकै हाउस टिभी एण्ड न्युज, राजु तामांग

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका १ भोक्टेनीमा रहेको एक प्राथमिक विद्यालयका शिक्षिकाहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । स्वयंसेवक शिक्षिकाको रुपमा कार्य गर्दै आएका हरिवन नगरपालिका १ भोक्टेनीको प्राथमिक विद्यालयका दुई शिक्षिकाहरुले विगत चार महिनादेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन ।

उक्त विद्यालयमा कार्यरत एकजना स्थायी शिक्षक रिटायर्ड भएपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गएको १ वर्ष भन्दाबढी समयदेखि एकजनाको तलबमा दुईजना शिक्षिकाहरु सृजना रमौली र फुलतारण देवी महतो र संतोष महतोले खाँदै आएका थिए।
केही महिनासम्म तिनैजना मिलेर तलब खाँदै आएका भएपनि गएको चैत महिनादेखि आफुहरुको भागको तलब पनि संतोषले एक्लै खान थालेको र आफनो भागको तलब माग्न जाँदा संतोषले आजभोली भन्दै बारम्बार टार्न थालेपछि बाध्य भएर आफुहरुले विद्यालयको गेटमा तालाबन्दी गरेको पीडित शिक्षिकाहरुले बताएका छन् । उनिहरुले यस विषयमा वडाअध्यक्षलाई पनि पटकपटक जानकारी गराउँदा पनि आफ्नो समस्यामा कुनै चासो नदिएपछि बाध्य भएर विद्यालयको गेटमा तालाबन्दी गरिएको पीडित शिक्षीका रमौलीले बताउनु भयो ।

वडा कार्यालयबाट तलब उपलब्ध गराउने आश्वासन दिएको तर हालसम्म पूरा नभएको उनीहरूले गुनासो गरेका छन् । विद्यालयमा गरिएको तालाबन्दी आफुहरुले पाउनुपर्ने सम्पूर्ण तलब नपाएसम्म नखोल्ने पीडित शिक्षिकाहरुले बताएका छन।

 

 

Loading...