
न्युयोर्क शहरका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकारमा नवराज केसी नियुक्त
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्क शहरको बुधबार बसेको एक छलफलबाट नेपाली अमेरिकन नवराज केसीलाई न्युयोर्क शहर मेयर एरिक आडम्सले एसिया मामिला सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् ।

विभिन्न समुदायबाट २१ जना सदस्य रहेको यो समितीको मेयर एरिक आडम्सको पनि उपस्थीत रहने गरी प्रत्येक महिनाको एक पटक बैठक हुनेछ । यो समितिले एसियन समुदायका विषय र समस्याहरुबारे मेयर सलाई जानकारी गराउनेछ । भने एसियन मामिला सल्लाहकार बोर्डको स्थापना न्युयोर्क सिटीका मेयर एरिक आडम्सले पहिलोपटक गरेका हुन् ।

एसियन मामिला सल्लाहकार बोर्डमा नियुक्त भएका नबराज केसी कलेज प्वाइन्ट सिभिक ट्याक्सपेयर एसोसियसनका अध्यक्ष समेत हुन् । गत चुनावमा न्युयोर्क सिटी काउन्सिल डिस्ट्रिक्ट १९ बाट डेमोक्रेटिक प्राइमरीका उम्मेदबार समेत रहेका केसी न्युयोर्क सिटी काउन्सिलमा उम्मेदबारी दिने पहिलो नेपाली मूलका अमेरिकन समेत हुन् । उनी मेयर एरिक आडम्सले कार्यभार सम्हाल्नेबेलामा ट्रान्जिसनटिममा समेत नियुक्त भएका थिए ।

दुई दशक देखि सामाजिक कार्यमा सकृय रहेका केसीले कोरोना महामारीका बेलामा आफ्नो डिस्ट्रिक्ट १९ मा मात्र नभई न्युयोर्क र आसपासका राज्यको नेपाली समुदायमा समेत गरेको योगदान उल्लेखनीय रहेको छ । विगतमा रोटरी क्लब अफ न्युयोर्कका अध्यक्ष समेत रहेका उनी अहिले रोटरी डिस्ट्रिक्ट ७२५५ का सहायक गभर्नर समेत भए ।
न्युयोर्कमा रहेको नेपाली समुदायलाई अमेरिकन मुलधारको राजनीतिक नेतृत्वसँग जोड्न महत्वपुर्ण काम गर्दै आएका छन् ।

कांग्रेस वुमन ग्रेस मिङले उनले गरेको सामाजिक योगदानको सम्मानमा “डिसेम्बर २२” लाई “नवराज केसी डे” घोषणा गरेकी थिइन् भने ब्रुकलिन बोरो प्रेसिडेण्टबाट समेत नबराज केसीले “कोभिड १९ हिरो अवार्ड” प्राप्त गरेका थिए ।