
बरिष्ठ अधिबक्ता खगेन्द्र जिसिलाई नेपालबाट धम्क्याउने ब्यक्तिको पहिचान गरि कारबाहीको माग
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । तिन दशक देखि निरन्तर कानून व्यवसायमा सक्रिय बरिष्ठ कानुन ब्यवसायी खगेन्द्र जिसिलाई नेपालबाट फोन गरि जनकारबाहीको धम्की आएको छ । जिसिले नेपालबाट जन प्रकास शर्मा भन्ने अज्ञात व्यक्तिले फोन गरेर आफूलाई धम्की दिइएको बताउँदै कारबाहीका लागि नेपाल प्रहरीमा उजुरी दिएका छन्।
उजुरीमा जनप्रकाश शर्माको नामबाट ९८४८०७४५९० बिप्लव भन्ने समुहको जनअदालत रुपन्देहीमा हाजिर हुन भनि धम्क्याएको उल्लेख गरेको छ ।
बरिष्ठ कानुन ब्यवसायी खगेन्द्र जिसिले सुरक्षाको माग गर्दै आफुलाई झुठो आरोप लगाई फोन मार्फत धम्क्याउने समुह वा ब्यक्तिलाई पक्राउ गरी आबश्यक कारबाही गरियोस् भनि नेपाल प्रहरी महाशाखालाई दिएको निबेदन यहॅा तल राखिएको छ ।
