
२ सय करोड ठगी आरोपमा अभिनेत्री ज्याकलिन फर्नान्डिज विरूद्ध मुद्दा दायर गरिँदै
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । बलिवुड अभिनेत्री ज्याकलिन फर्नान्डिज विरुद्ध प्रवर्तन निर्देशालय (ईडी) ले २ सय करोड ठगी मामिलामा आरोप पत्र दायर गर्ने तयारी गरेको छ।
बलिवुड अभिनेत्री ज्याकलिन विरूद्ध ईडीले यस मामिलामा छानबिन सकेर आरोप पत्र दायर गर्न लागेको हो ।
भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार ज्याकलिन विरूद्ध बुधबार नै आरोप पत्र दायर गर्न लागेको छ।
ईडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको आरोप लगाएको छ।
प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारूभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चारवटा पर्सियन बिरालो र ५२ लाख भारू पर्ने घोडा उपहार दिएका थिए। सुकेशले ज्याकलिनका पारिवारलाई पनि मोटो रकम पठाएको खबर बाहिरिएको छ।
ज्याकलिनको नाम ठगी मुद्दामा मुछिएसँगै उनलाई भारत छाडेर जान पनि रोक लगाइएको थियो। यस मुद्दामा लामो समय देखिअनुसन्धान भइरहेको छ। ईडीले ज्याकलिनलाई पटकपटक सोधपुछका लागि बोलाएका थिए।
आजको सेतोपाटीले लेखेको छ ।

