Banner

टेक्सास डिएफडब्लु नेपाली लायन्स क्लबहरुको तीज कार्यक्रम सन्पन्न

मकै हाउस टिभी एण्ड न्युज, राजेन्द्र कुंवर (टेक्सास)

टेक्सास संयुक्त राज्य अमेरीकाको टेक्सास राज्यको डल्लास

स्थित नेपाली लायन्स क्लबहरुले संयुक्त रुपमा हिन्दु नारीहरुको महान चाड हरितालिका तीज मनाएका छन्।

गत आइतबार भएको तीज कार्यक्रममा डल्लास एभरेष्ट लायन्स क्लब, अर्भिंग एभरेष्ट सेन्टेनिएल लायन्स क्लब डल्लास पोखरालायन्स क्लबका दिदि बहीनीहरुले हर्षोल्लासका साथ तीज मनाएका छन् १३० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा वर्षकाबच्चाहरु देखि ८२ बर्ष उमेर सम्मका बृदा आमाले पनि छमछमी नाचेर हिन्दु नारीहरुको महान चाड मनाएका थिए महिनै भरी मनाईनेयो चाड आज आइतबार एकै दिनमा डिएफडब्लु क्षेत्रका विभिन्न ठाउँमा भए पनि लायन्स महिलाहरुद्वारा आयोजित यो कार्यक्रम निकैउत्साह पुर्बक मनोरंजनका साथ सम्पन्न भएको थियो

लायन्स क्लबको विभिन्न कार्यक्रमहरु मध्ये “Family, Fun  & Fellowship” अन्तर्गत आजको तीज कार्यक्रम आयोजना गरिएको होI  उक्त तीज कार्यक्रममा सरिक हुन टेक्सास डिस्ट्रिक्ट १०५ हाउस रिप्रेजेन्टेटिभ लायन टेर्री मेजा (Texas District 105 House Representative Lion Terry Meza ) District 2-X1 SVDG Lion राधा कृष्ण काफ्ले, Specialty Club America & Canada Co-ordinator Lion थला राज पन्त,  नेपाली समाज टेक्सासका सभापति लायन राजेन्द्र वाग्ले उपस्थित हुनु भएको थियो  त्यस्तै गरि District 2-X1 का पश्चिम क्षेत्रीय संयोजक बि एन पन्त, Zone Chairs हरु,  पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्षहरुलायन डा. बिष्णु माया उपाध्याय, लायन राजेन्द्र कुंवर, लायन शिव सुबेदी लगाएत लायन्स क्लबका अन्य सदस्ययहरु, तथा स्थानीयसमाजका विभिन्न नेतृत्वबर्गहरु US Khabar का प्रधान सम्पादक किशन रेग्मी समेतको उपस्थित रहेको थियो । कार्यक्रममा District 2-X1 का न्युज लिंक संयोजक लायन विलास उपाध्याय सहित लायन्स स्वंयम्सेवकहरुले अन्तिम सम्म कार्यक्रम सफल बनाउनपुर्याएका थिए ।

कार्यक्रममा  तिनै वटा क्लबका First Lady हरु तथा Plano Collins Nepalese Lions Club कि First Lady ले शुभकामनासंदेश दिनु भएको थियो भने कार्यक्रमको अन्तमा आमाहरुले केक  काटेर पाहुनाहरुलाई स्वागत तथा बिदाई गरेका थिए ।

कार्यक्रमको संयोजन तथा संचालन लायन यसोधा अधिकारीले गरेकी थिइन् । कार्यक्रमलाई सफल बनाउन लायन मिना क्षेत्री, लायनसंगीता तिवारी पन्त गरिमा सिग्देलले सुरु देखि नै सहयोग पुर्याएकी थिइन

टेक्सास डिएफडब्लु क्षेत्रमा नेपालीहरुको नेतृत्वमा वटा नेपाली लायन्स क्लबहरु रहेका छन्  । प्लानो कोलिन्स नेप्लिज लायन्स क्लब डल्लास बुद्ध लायन्स क्लब ले भने केही दिन अघि नै  तीज कार्यक्रम मनाईसकेका छन् । 

 

Loading...