
मेयर बालेन शाहको प्रतक्ष्य निगरानीमा काठमाण्डौ मल र आरबी कम्प्लेक्समा डोजर चलाएको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको प्रतक्ष्य सहभागीतामा नक्सा पास बिना बनाएका संरचनाहरु भत्काउन थालेको छ।

गत बुधबार बिहान काठमाण्डौ महानगरपालिका प्रमुख बालेन शाह र काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको टोलीले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै काठमाडौं मलमा निर्माण गरिएको संरचना भत्काएको हो ।
बिरा कम्प्लेक्समा पनि मापदण्ड बिपरित बनाइएका संरचना हटाउने महानगरले जनाउदै काठमाडौं मल र खिचा पोखरी स्थित आरबि कम्प्लेक्समा बनाइएका संरचनाहरु भत्काएको हो।
केही दिनअघि मात्रै पनि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरू हटाएर संरचना भत्काएको थियो ।

