
अमेरिका पठाइदिने प्रलोभन देखाउदै करोडौ ठगी गर्ने पक्राउ
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका १ गैरीधारामा प्रेसिडेन्सियलइमिग्रेसन प्रालि कन्सलटेन्सी सञ्चालक संखुवासभाका प्रविन राई, सहायक निर्देशकहरु पश्चिम नवलपरासीका ओमकार गुप्ता रइलामका रामकुमार तामाङलाई अमेरिका पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
उक्त कन्सलटेन्सीका सञ्चालक र सहायक निर्देशकले क्यानडा, जापान लगायत अमेरिकाको ग्रिनकार्डसहित इमिग्रेसन भिसामावैदेशिक रोजगारीमा पठाइदिने भनी अवैधरुपमा सामाजिक सञ्जाल र पत्रपत्रिकामा आकर्षक विज्ञापन गरी सयौं व्यक्तिलाई ठगीगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान कार्यालयका अनुसार उनीहरु बुधबार दिउँसो कार्यालयबाटै पक्राउ परेका हुन् ।
त्यस्तै अमेरिका जान इमिग्रेन्ट भिसा, ग्रिनकार्डका लागि २ वर्ष समय लाग्ने र ५० लाख रुपैयाँसम्म लाग्ने भनी दर्जनौं व्यक्तिहरुबाट मोटोरकम असुली करोड ठगी गरेको पाइएको छ । ती कन्सलटेन्सीले सम्पर्कमा आएका ब्यक्तिहरुलाई अमेरिकाको प्रोसेसिङ गर्न कन्सुलिङ कक्षा लिनुपर्ने भनि १–१ हजार शुल्क र्निबेदन भर्न लगाएको समेत प्रहरीले जनाएको छ ।
आजको कान्तिपुरमा लेखेको छ ।

