Banner

‘काठमाडौं मल’ नै अवैध रुपमा निर्माण

 

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाडौं । काठमाण्डौ महानगर भित्र पर्ने सुन्धारा स्थित “काठमाडौं मल” नक्सा पास नगरी निर्माण भएको पाइएको छ ।

महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाईएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।

महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ ।

Loading...