
अमेरिकामा किरात राईहरूको ग्रिष्मकालिन वनभोज एट्लाण्टिक समुन्द्रको किनारमा सम्पन्न ।
मकै हाउस टिभी एण्ड न्युज, शेखर राई/ राकेश राई,न्यूह्यम्सायर
न्युह्याम्पसायर । यूनाईटेड किरॅात राई अर्गनाईजेसन अफ अमेरिका, UKROA न्यू ईङ्गल्याण्ड च्याप्टरले वार्षिक कार्यतालिकामा समावेश गरेको ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २१ अगष्ट, २०२२ का दिन संस्थाका सदस्यहरु तथा नवआगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न गरेको छ ।
एटलान्टिक समुन्द्रको किनारको छेऊमा रहेको न्यू ह्यम्पसायर राज्यको न्यू क्यासल टाउनमा पर्ने न्यूक्यासल कमन्स् पार्कमा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहितको उक्त वनभोज कार्यक्रममा न्यूयोर्क, बोष्टन म्यासाचुसेटस् र न्यूहाम्सायर राज्य निवासी किरात परिवारहरु तथा आमन्त्रित पहुनाहरू समेत गरी २०० जनाको सहभागिता रहेको थियो। वनभोजमा संस्थाका संस्थापक अध्यक्ष , फिप्ना तथा NRNA, NCC का पूर्व अध्यक्ष शिव कुमार राई, पूर्व केन्द्रिय अध्यक्ष विष्णु कुमार राई, कानुनी सल्लाहकार शुरेश चाम्लिंग राई, संस्थापक सदस्य धौलावीर राई, सांस्कृतिक संयोजकद्वय गुल्सन राई र लक्ष्मी कुमार राई, संस्थाका बरिष्ठ सदस्य (Senior member) धर्म कुमारी राई, पशुपति गुरूङ्ग अन्तराष्ट्रिय साहित्य समाज, म्यासाचुसेट् च्याप्टर अध्यक्ष दिपा राई पुन , न्यूहाम्सायर नेपाली समाजका संस्थापक अध्यक्ष मिन गौतम तथा वर्तमान उपाध्यक्ष लाक्पा शेर्पा, गुरूङ्ग समाज न्यूह्याम्सायरका प्रतिनिधि सदस्य याम घले साथै वोष्टन फूटबल टिमका अध्यक्ष विमल रेग्मीको उपस्थिती रहेको थियो ।

UKROA ले वोष्टन फूटबल टिमको आयोजनामा हालै सम्मन्न गरेको खेलको लागि आर्थिक सहयोग गरे वापत टिमको तर्फबाट अध्यक्ष विमल रेग्मीले संस्था प्रति आभार प्रकट गर्दै UKROA ईङ्गल्याण्ड च्याप्टर अध्यक्ष कर्ण राईलाई प्रशंसा पत्र सहित ट्रफी प्रदान गर्नु भएको थियो। उक्त ट्रफी र प्रसंशा पत्र ग्रहण गर्दै अध्यक्ष राईले बोस्टन टिम संगको प्रगाढ सम्वन्ध बारे प्रकाश पार्दै निकट भविष्यमा संस्थाले आपसी सहकार्य गरी वोष्टनमा एक वृहत फूटबल खेलको आयोजना गर्ने योजना समेत रहेको कुरा पनि वताउनु भयो।
विध्यार्थीहरूको गृष्मकालिन दुई महिने लामो विदाको अन्त्य संगै नयाँ शैक्षिक सत्र शुभारम्भ हुनु भन्दा ठिक अगाडी सदस्यहरुमा भाईचारा, बन्धुत्व र मित्रताको भावना मजवुद बनाउने उदेश्यका साथ सन् २०१६ देखी निरन्तर रुपमा संस्थाले गृष्मकालिन बनभोज कार्यक्रम आयोजना गर्दै आईरहेको थियो। कोरोना महामारीका कारण सन २०२० र २०२१ दुई वर्ष संस्थाले ग्रिष्मकालिन वनभोजको आयोजना गर्न सकेको थिएन । कोरोना प्रतिरोधी खोपको आविस्कार संगै मानविय जीवन सहजता तर्फ उन्मुख रहेकोले यसवर्ष देखी पूनः “UKROA SUMMER PICNIC” लाई निरन्तरता दिइएको च्याप्टर अध्यक्ष राईले बताउनु भयो। उहांले संस्थामा आवध्द हुनु भएका नयाँ सदस्यहरू र अमेरिकामा पारिवारिक भ्रमणमा रहनु भएका श्री मनि कुमार राई, श्रीमती निलम राई, श्रीमती विमला चाम्लिङग् राई, सरिना राई, शान्ति सुव्वा, अशन राई र पवना राईलाई खदा लगाई स्वागत तथा सम्मान गर्नु भएको थियो भने पाहुनाहरूले संस्थाको लोगो अंकित स्वगत केक पनि सामुहिक रूपमा काट्नु भएको थियो। सोहि अवसरमा दुई वालिका भूमिका राई र लिली होस्फिल्डले Violin को सुमधुर स्वगत धून पनि प्रस्तुत गरेका थिए।

अध्यक्ष राईले पाहुनाहरूलाई स्वागत गर्ने क्रममा सस्थाले आफ्नो मातृदेश नेपालबाट अमेरिकामा स्थाई वशोवास गर्र्ने उद्देश्यका साथै अमेरिका स्थित आफ्नो परिवार भेटघाटका क्रममा आउनु भएका आफन्तहरूलाई यसरी स्वगत तथा सम्मान गर्न पाउनु हाम्रो शौभाग्य हो भन्नु भयो। वनभोज कार्यक्रममा मिठा मिठा खानाका परिकारहरू तयार गर्नु हुने सम्पूर्ण स्वयम् सेवकहरु श्यामा राई, प्रेमा गुरुङग् राई, प्रमिला राई, कमला राई, शोभा राई, भोज कुमारी राई, विशेष सेफ तथा केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी र च्याप्टर वोर्ड सदस्य यूवराज राई, विशाल थापा लगायत स्पटमा खट्नु हुने सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो।
सम्मानित् हुनु भएका पाहुनाहरूको तर्फबाट मनि कुमार राईले संस्थाबाट गरिएको स्वागत तथा सम्मानको लागि धन्यवाद दिनु हुदै संस्थाका सम्पूर्ण टिमलाई आफ्नो पवित्र मनको फूलमाला लगाई उन्नति र प्रगतिको लागि आशिरवाद दिन्छु भन्नु भयो।उहांले किरातहरू विश्व भरी यसै गरी फैलिनु पर्छ। हामी तीन चुला पुज्ने पारूहाङ्ग र सुम्निमाको सन्तान भएकोले एट्लान्टिक सागर जस्तै विशाल र शितल वन्न सक्नु पर्छ।हामीले वन पस्दा रूख चिन्न सक्नु पर्छ र गाऊं पस्दा मान्छे चिन्न सक्नु पर्छ भन्ने प्रसंग जोड्दै आफूले सिकेको ज्ञान, शिप र धन मातृभूमी नेपालको लागि पनि उपयोग गर्नु पर्छ भनी सुझाउनु भयो।त्यसैगरी सम्मानित अर्का पाहुना अशन राईले अमेरीकामा आएपछि राईहरूको पनि संस्था छ भन्ने सुनेको तर आज पहिलो पटक यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वृहत वनभोज कार्यक्रममा सहभागि भै समस्त किरात दाजुभाइ तथा दिदी वहिनीहरूसंग भेटघाट गर्ने मौका पाउदा र सस्थाले आफूलाई यसरी स्वगत तथा सम्मान गर्दा ज्यादै खुशी लागेको कुरा वताउनु हुंदै सम्मानको लागि आयोजकलाई ह्रदय देखि नै धन्यवाद दिदै संस्थाको आगामी कार्यक्रमहरू सकेसम्म नछुटाउने र सस्थालाई सकेको सहयोग गर्ने कुरा वताउनु भयो।

सदा झैं यस वर्षको बनभोजमा पनि पोर्क र चिकेनको BBQ सहित बिभिन्न नेपाली परिकारहरुको साथमा परम्परागत किरातीको प्रख्यात परिकार “किनिमा र फर्सीको मुन्टा” पनि तयार गरिएको थियो।दिवा खाना पछि बनभोजलाई स्मरणिय र मनोरञ्जनात्मक बनाउन च्याप्टरका महासचिव राकेश राईले बहुसंङ्ख्याक सदस्यहरुको सहभागीतामा BINGO खेल, महिला तथा वालवालिकाहरुको लागी Musical Chair र हण्डी फोर खेल रोचक ढंगले संचालन गरेका थिए। हण्डि फोर खेलमा कसैले सफलता हात पार्न नसकेता पनि विंगो खेलमा श्रीमति विमला चाम्लिडः राई प्रथम, Musical Chair खेलको Adult समूहमा श्रीमती दुर्गा राई र श्रीमती दिर्पा राई क्रमशः प्रथम र द्वितिय, त्यसैगरी Kid समूहमा लिली होसफिल्ड र स्वतन्त्र राई क्रमशः प्रथम र द्वितिय हुनु भएका थिए।विजेताहरूलाई अध्यक्ष कर्ण राईले नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा च्याप्टरका कोषाध्यक्ष तथा गायक चन्द्र कुमार राईले सांगितिक DJ प्रश्तुत गर्दै सम्पूर्ण सहभागीहरूलाई एट्लाण्टिक ओसनको किनारमा वेजोडका साथ नृत्य गराई भरपूर मनोरञ्जन दिलाउनु भएको थियो।कार्यक्रमको प्रारम्भ केन्द्रिय महासचिव मुक्ति नारायण राई र दोस्रो तथा खेल सम्वन्धि मनोरन्जनात्मक कार्यक्रम न्यूइड्ःल्याण्ड च्याप्टरका सचिव राकेश राई र वोर्ड सदस्य यूवराज राईले संयुक्त रूपमा संचालन गरेका थिए।



