
हरिवनका फुटपाथ व्यवसायीहरुले समयावधि थप गर्न माग गर्दै बुझाए नगरप्रमुखलाई पत्र।
मकै हाउस टिभी एण्ड न्युज,राजु तामाङ, सर्लाही
भदौ २३ गते बिहीबार।
सर्लाही ।सर्लाहीको हरिवन बजारका फुटपाथ तथा साना व्यवसायीहरुले नगरपालिका समक्ष बिहीबार अनुरोध पत्र बुझाएको छ। नगरपालिकाले केही दिन अघि निकालेको सडक छेउछाउका ठेला, फलफुल पसल, टेम्पो तथा अटो जस्ता सवारीसाधनहरुको व्यवस्थापनका लागि भनी निकालेको १० दिने सुचनाको आधारमा आफुहरु हटाउन असमर्थ रहेको भन्दै समयावधि थप गर्न माग गर्दै नगर प्रमुखको कार्यकक्षमा पुगी पत्र बुझाएको हो।

नगरपालिकाले भदौ १९ गते निकालेको सुचनाको
आधारमा नगरपालिका स्थित पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने सडक छेउछाउमा बढ्दो अव्यवस्थित बजार क्षेत्रका दायाँबायाँ ठेला, फलफुल पसल, टेम्पो, अटो जस्ता सवारीसाधन राखी बजारलाई अस्तव्यस्त बनाई व्यापार व्यवसायमा समेत प्रभाव पारेको र सवारी दुर्घटना समेत भई जनधनको क्षति हुने प्रबल सम्भावना देखिएकोले पूर्व लच्का देखि पश्चिम नेपाल बैंक सम्मको सडकको ७५ फिट दायाँबायाँ खाली गरी सरसफाइ गर्नु पर्ने भन्दै सुचना निकालेको थियो।

नजिकिँदै गरेको चाडबाडका कारण नगरपालिकाले दिइएको १० दिने सुचनामा आफुहरुले पसल हटाई खाली गर्न नसकिने नगरपालिकालाई पत्र मार्फत जानकारी गराएका छन। पत्रमा दुई बुदे माग राख्दै दशै,तिहार र छठ पछिको ३ दिन भित्रमा आफुहरुलाई उचित स्थानमा व्यवस्थापन गरेमा खाली गर्न सकिने बताएको छ।
नगर प्रमुखले पत्रलाई बुझ्दै आवश्यक छलफल पछि निर्णय गर्ने बताएको छ। कार्यपालिका टिमसँग छलफल पछि व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै अगाडी बढ्ने बताइएको छ।


