Banner

प्याब्सन सर्लाही एरिया ‘बी’ सर्लाहीको आयोजनामा प्रथम गायन प्रतियोगिता सम्पन्न।

मकै हाउस टिभी एण्ड न्युज,राजु तामाङ, सर्लाही
भदौ २५ गते शनिबार।

सर्लाही । सर्लाहीको हरिवनमा प्रथम गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सर्लाही एरिया ‘बी’ को आयोजनामा शनिबार हरिवनमा रहेको सगुन सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो।

एरिया ‘बी’ ले हरेक विधाको कार्यक्रम गर्दै आइरहेको सन्दर्भमा यस क्षेत्रका विद्यार्थीमा रहेको अन्तर निहित प्रतिभालाई उजागर गर्ने उद्देश्य सहित प्रथम पटक गायन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो। प्रतियोगितामा ७ वटा मावि र ८ वटा निमाविका विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराएका थिए।

प्रतियोगिताको निर्णायकमा लामो समयसम्म रेडियो नेपालमा कार्यरत संगीत बाध्यबाधक भरत पुलामी, गंगा लामा र तेज नारायण आलेले प्रतियोगीहरुको लय, सुर, ताल, र प्रस्तुतिको आधारमा मूल्यांकन गरेका थिए।

प्रतियोगिताको मावि तर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः सर्लाही एम्बिसन एकेडेमीकी सीता माया घिसिङ, एलिट बोर्डिङ स्कुल कर्मैयाका दिपेन स्याङ्तान र सनराइज बोर्डिङ स्कुल हरिवनकी आशिका लोप्चन हुँदै ट्रफी जित्न सफल भएको हो। त्यस्तै निमावि तर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः एलिट बोर्डिङ स्कुल कर्मैयाकी एलिशा लामा, बाल निकेतन बोर्डिङ स्कुलकी जस्मिन जिम्बा र शिशुप्रज्ञा सदन बोर्डिङ स्कुलकी सपना भण्डारी घोषित हुँदै ट्रफी हात पारिन।

कार्यक्रममा प्याब्सनका पुर्व केन्द्रीय सदस्य तथा एभरेस्ट बोर्डिङ स्कुलका संस्थापक र हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यता र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) प्याब्सनका मधेस प्रदेश कमिटीका सहसचिव तथा शिशुप्रज्ञा सदन बोर्डिङका संस्थापक प्रिन्सिपल मनोज थापाको विशिष्ट अतिथिमा सम्पन्न भएको थियो।

कार्यक्रम प्याब्सन एरिया बी का सहसचिव तथा सुमार्ग एकेडेमीका संस्थापक प्रिन्सिपल सुदर्शन पोख्रेलको अध्यक्षतामा र कार्यक्रमको संयोजक सर्लाही एम्बिसन एकेडेमीका प्रिन्सिपल सुरेश पाख्रिनले गरेका थिए भने उक्त कार्यक्रम सञ्चालन नरेश दासले गरेका थिए।

 

 

 

Loading...