
गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका छन् । आइतबार गायक कमल खत्रीले आफ्नो सामाजिक सञ्जालमा टिकाटालोको तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन् ।

दुवैले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’
