Banner

समता ग्लोबल सिनेटको आयोजनामा न्युयोर्कमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुदै

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । समता ग्लोबल सिनेटको प्रमुख आयोजकत्वमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

 

समता ग्लोबल सिनेटले न्युयोर्कमा यहि आउदो नोभेम्बर ५,२०२२ शनिबारको दिन बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा बरिष्ठ हास्य कलाकारद्वय हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठ र गायक राम कृष्ण ढकालको बेजोड प्रस्तुती रहने छ । 

समता फाउण्डेसन द्वारा संचालित सबैको लागी शिक्षा अभियानको सहयोगार्थ उक्त कार्यक्रम हुन लागेको हो । 

 

कार्यक्रमको स्थान र समय बारे पछि जानकारी गराउने आयोजक पक्षले बताएका छन् । 

 

Loading...