Banner

कामना सेवा विकास बैंकले शैक्षिक सामाग्री र खाद्यान्न वितरण गर्दै मनाए बाल दिवस।

 

 

मकै हाउस टिभी एण्ड न्युज,राजु तामाङ, सर्लाही

भदौ २९ गते बुधबार।

सर्लाहीको हरिवनमा रहेको कामना सेवा विकास बैंकले आज ५८ औं राष्ट्रिय बाल दिवस मनाएको छ। हरिवनमा रहेको शाखाले बालबालिकासँग कामना सेवा विकास बैंक भन्ने नारा सहित बाल दिवसको अवसरमा हरिवन ९ मा रहेको बालगृहका अनाथ बालबालिकासँग बसी केट काट्दै खुसी साटासाट गर्दै बालगृहका नानीबाबुहरुलाई शैक्षिक सामाग्री र खाद्यान्न सामग्री वितरण गरी राष्ट्रिय बाल दिवस मनाइएको हो।

बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रही उक्त कार्यक्रम गरिएको साथै देशका विभिन्न भागमा छरिएर रहेका १ सय ३५ वटा शाखाहरुबाट यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यस्ता कार्यहरु गर्दै जाने शाखा प्रमुख बास बहादुर खड्काले जानकारी गराए।

बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नारा सहित यो वर्षको राष्ट्रिय बाल दिवस देशैभर भव्य रुपमा मनाएको हो।

 

Loading...