Banner

नेपाली चेली सराहाना श्रेष्ठलाई जिताउन ड्रम बिट्सको न्युयोर्कमा अन्तरक्रिया कार्यक्रम

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । आगामी नोभेम्बर २०२२ मा न्यूयोर्क राज्य, डिस्ट्रिक्ट १०३ मिड हडसन भ्यालीमा हुने एसेम्बली जेनेरल निर्बाचनमा एक कर्मठ र प्रतिभाशाली नेपाली अमेरिकन युवा सराहाना श्रेष्ठको उम्मेदवारीको प्रोत्साहन, हौसला,समर्थन र जानकारीको निमित्त  ड्रम बिट्स सङ्गठनले न्युयोर्कको ज्याक्सन हाईट्समा ‘ड्रम बिट्स फर सराहाना श्रेष्ठ‘ नामक नेपाली समुदाय माझ गत शुक्रबार ०९/०९/२०२२ को दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  

ड्रम बिट्सकी नेपाली समुदाय प्रतिनिधी तथा आयोजक युवा नेतृ डोल्मा लामा द्वारा संचालित कार्यक्रममा पाल्नु भएका नेपाली समुदायका पाहुनाहरुले यथास्थानबाटै आ-आफ्नो परिचय दिएका थिए । भने डोल्माले पाल्नुभएका निर्वाचित पदाधिकारीहरु जोहरान ममदानी र स्टिभन रागा लगाएत सम्पुर्ण पाहुनाहरुलाई धन्यबाद ब्यक्त गर्दै सराहाना श्रेष्ठलाई स्वागत गरेकी थिईन । 

 

ड्रम बिट्स संगठन दक्षिण एसिया र इन्डो-क्यारेबियन समुदायका मजदुर बर्गमा राजनीतिक शक्ति निर्माण गर्नको निमित्त काम गर्दै आईरहेको छ | यस ड्रम बिट्स संगठन मार्फत समुदायको शक्ति निर्माण गर्ने कार्यमा सहयोग पुर्याउन सक्छौ । सबैभन्दा बढी प्रभावितलाई उत्थान गर्नु र यस्को सुनिश्चितता र साथै अरु वर्किङ क्लास इमिग्रेन्ट कम्युनिटिजसँगको सहकार्यमा बढी जोड दिनु हाम्रो प्राथमिकता, “डोल्मा लामा”ले थप्दै भने । 

आगामी नोभेम्बर २०२२ मा हुने  न्युयोर्क राज्य एसेम्बली डिस्ट्रिक १०३, मिड हड्सन भ्याली जेनेरल निर्वाचनमा उम्मेदवारी दिएकी पहिलो नेपाली अमेरिकन सराहाना श्रेष्ठलाई अधिकतम भोटले जिताउनको निमित्त के कस्तो भुमिका खेल्न सकिन्छ हेतुले यस् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।  डिस्ट्रिक ३६ एस्टोरिया क्षेत्रबाट बिधानसभाका सदस्य जोहराम मामदानी र डिस्ट्रिक ३० बाट विधानसभा सदस्य उम्मेदवार स्टेभन रागा समेतको उपस्थिती रहेको  कार्यक्रममा नेपाली समुदायलाई नेतृत्वकर्ताहरु, सामाजिक अभियन्ताहरु र मिडियाकर्मिहरुको बाक्लो उपस्थिती रहेको थियो । 

कार्यक्रमको औपचारिक्ता देखी अन्त्य सम्म कार्यक्रमलाई नेतृत्व गरेकी डोल्मा लामाले यो जितको लागी अर्थको आबश्यकताले बिशेष भुमिका खेल्ने भएकोले सबैले आ-आफ्नो तर्फ बाट सकेको आर्थिक सहयोग पुर्याउन पनि सबैलाई मंचबाटै आब्हान गरेकी थिइन । 

सरहानालाई चुनावी अभियनमा सहयोग पुर्जियाउन र जिताउनका लागि आर्थिक सहयोग गर्न इच्छुकले सीधा तल दिईएको लिंक मार्फत सहयोग पुर्याउन सक्नुहुनेछ । 

https://secure.actblue.com/donate/drumbeat

 

Loading...