
भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन
मकै हाउस टिभी एण्ड न्युज,
भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ।
कमेडियन श्रीवास्तवलाई हृदयघात भएपछी अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स दिल्लीमा उपचारको लागी राखिएको थियो । उनको बुधबार बिहान उपचारको क्रममा निधन भएको हो ।
अगस्ट १० मा जिम गरिरहेको समय एक्कासी बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियाो ।उनी एक महिनाभन्दा बढी समयदेखि भेन्टिलेटरमा थिए।
श्रीवास्तव ‘इन्डियाज लाफ्टर च्यालेन्ज’, ‘बिग बोस सिजन ३’, ‘देख भाइ देख’ जस्ता रियालिटी कार्यक्रममा देखिसकेका छन्।भने ‘बम्बई टु गोवा’ र ‘ट्वाइलेटः एक प्रेम कथा’ फिल्ममा अभिनय पनि गरिसकेका छन्।




