Banner

बल बहादुर राजबंशि र अस्मिता अधिकारीको “एउटा कुरा भन्छु तिमीलाई”मा रियासा दाहाल र कृश थापा (भिडियो सहित)

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । गायक बल बहादुर राजबंशि र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको “एउटा कुरा भन्छु तिमीलाई” बोलको भिडियो सार्बजनिक भएको छ ।

गायक बल बहादुर राजबंशि र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको उक्त गित बिरेन्द्र कुमार साहले लेखेका हुन् । भने संगित स्वयं गायककै रहेको छ । गितको एरेन्जर उदय राज पौडेल, मिक्सिंग चन्द्र चौधरी, रेकर्डिस्ट अजय, राजा बाबु, रबिन र दिलले गरेका हुन् । भने गित अकोस्टिक नेपाल स्टुडियोमा तयार भएको हो । 

अमेरिकामा सबै भन्दा धेरै म्युजिक भिडियो निर्देशन गरेका म्युजिक भिडियो निर्देशक तथा न्युयोर्कका चर्चित कार्यक्रम प्रस्तोता बिक्की पुलामीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई स्वयं बिक्की पुलामीले नै खिचेका हुन् । 

अहिलेकी चर्चित अनुहार अभिनेत्री रियासा दाहाल र न्युयोर्कलाई कर्मथलो बनाई न्युयोर्कमा अभिनयमा जम्न सफल कलाकार कृश थापाको दमदार प्रस्तुती रहेको भिडियो भर्खरै उत्कृष्ट सम्पादनको अवार्ड जित्न सफल भिडीयो सम्पादक बिष्णु खड्काले सम्पादन गरेका हुन् । 

म्युजिक भिडियोको छायांकन न्युयोर्कको रमणिय स्थलमा गरिएको हो भने म्युजिक भिडियो गायक बल बहादुर राजबंशीको युट्युब च्यानल “बल बहादुर राजबंशी” बाट सार्बजनिक गरिएको हो । 

म्युजिक भिडियोको निर्माण बुद्ध ट्याक्स एण्ड एकाउन्टिंग र म्याक्स ट्याक्स सर्भिसेस एण्ड मोर, न्युयोर्कको संयुक्त सहयोगमा भएको हो । 

 

https://youtu.be/aRbd1GaWseo

 

 

 

 

Loading...