
‘नेपाली अमेरिकन म्युजिक फेस्टिभल’ न्युयोर्कमा हुदै तर कहिले र कहॅा ?
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । बुद्ध ट्याक्स एण्ड एकाउन्टिंग र रेबेल ईभेन्ट्स ईंकको संयुक्त आयोजनामा ‘नेपाली अमेरिकन म्युजिक फेस्टिभल’ हुने भएको छ ।

नेपालीहरुको महान पर्ब बडा दशैको पावन अबसरमा आगामी अक्टोबर ८,२०२२ शनिबारको दिन न्युयोर्क स्थित ज्याक्सन हाईट्स, डाईभर्सिटी प्लाजामा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बरिष्ठ गायिका सपना श्री, गायक दिपेश किशोर भट्टराई, ग्लुमी गाईजका भोकलिस्ट हरी कर्माचार्य, गायक संजिप प्रधान, गायक तिलक बम मल्ल, लोक तथा दोहोरी गायक बिमल डॅागी, लोक तथा दोहोरी गायिका निशा सुनार, गायिका रेश्मा सुनुवार, गायक संजोक योन्जन, ईथोस ब्याण्ड अन्य कलाकारहरुको पनि प्रस्तुती रहने आयोजक पशुपती श्रेष्ठ, राजेश हमाल र ईत्ना कार्कीले बताएका छन् ।


