
फ्रान्समा सर्लाहीकी एक नेपाली महिला मृत फेला, हस्पिटलले लास पहिचान गरी बुझ्न आग्रह गरेका छन् ।
मकै हाउस टिभी एण्ड न्युज,
फ्रान्स । केही दिन अगाडी फ्रान्सको पेरिस स्थित लकुर्नभमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले आत्महत्या गरेकी छिन ।
प्राप्त पास्पोर्ट अनुसार मृतक महिलाको नाम सानुमाया श्रेष्ठ, उमेर २५ र नेपाल घर सर्लाही रहेको खुल्न आएको छ । तर सर्लाही जिल्लाको कुन ठाऊ भन्ने चाही खुलेको छैन ।

आत्महत्या पश्चात उक्त लासलाई पोष्टमार्टमको लागी हस्पिटल लगिएको र धेरै दिन बितिसक्दा पनि नेपाली राजदुतावासको कार्यालय, पेरिस लगाएत कुनै पनि संघ-संस्थाले लास बुझेर उचित ब्यवस्थापन गर्ने कुनै पनि पहल चालेको थाहा नपाएपछी पेरिसमै बसोबास गर्ने सुमित्रा प्रधानले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएको छ । र साथै हस्पिटलले चाडो भन्दा चाडो लासको ब्यवस्थाप गरिदिन पनि आग्रह गरेको छ । एदि सम्पर्कमा कोहि नआए र मृतकको परिवारले चाहे त्यही प्रहरीले पनि दाह संस्कार गरिदिने जानकारी गराएको छ ।