Banner

अमेरिकाकी चर्चित स्की पर्वतारोही गोरखाको मनास्लु हिमालमा मृत भेटिइन्

 

मकै हाउस टिभी एण्ड न्युज,

गोरखा । गोरखाको मनास्लु हिमालमा अमेरिकाकी निकै चर्चित स्की पर्वतारोही हिलारी नेल्सन मृत फेला परेकी छन्।

गत सोमबार बिहान उनी  साथिहरुसंग गोरखाको मनास्लु हिमालको चुचुरोमा स्की गरेर फर्किने क्रममा हिलारी नेल्सन खोंचमा खसेर हराएकी थिइन्। ४९ वर्षीया उनि २ हजार फिट गहिरो खोंचमा लडेर हराएकी थिईन् । 

खोचमा खसेर मृत्यु भएकी नेल्सन बिगत दुई दशकदेखि स्की पर्वतारोहणमा सक्रिय थिईन् ।

सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी अर्को एक जना नेपाली आरोहण सहयोगी अनुप राईको पनि मृत्यु भएको थियो।

 

 

Loading...