
दशैको अवसरमा हरिवनमा नृत्य प्रतियोगिता हुदै
मकै हाउस टिभी एण्ड न्युज,
हरिवन । सर्लाहिको हरिवनमा आउने असोज १८ गते मंगलबारको दिन आकर्षक पुरस्कार सहित खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ ।
नेपाल मगर युवा संघ, सर्लाही हरिवनको आयोजनामा हुन लागेको उक्त खुल्ला नृत्य प्रतियोगितामा जोकोही पनि नृत्यकर्मीले भाग लिन सक्ने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीलाई रु २५ हजार, रु १५ हजार र रु ७ हजार नगद पुरस्कारको साथै प्रमाण पत्र बितरण गरिने छ ।

कार्यक्रम असोज १८ गते मंगलबारको दिन दिउसो १२ बजे सुरु हुने छ । भने कार्यक्रम हरिवन बजारको चौकमा हुने छ । सहभागी हुन ईच्छुकले फ्लाएरमा दिईएको नाम र फोन नम्बर सहितको ब्यक्तिलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
उक्त दिन नृत्य प्रतियोगिताको साथै समाजमा बिभिन्न पेशाबाट समाजलाई सामाजिक रुपान्तरणको निमित्त योगदान पुर्याउनु भएका ब्यक्तित्वहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको छ ।

