
एलिशा श्रेष्ठले आफु अध्ययनरत अमेरिकाको बिश्वबिधालयमा ५० अमेरिकनलाई नेपाली नृत्य सिकाउदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नृत्यंगना एलिशा श्रेष्ठले आफै अध्ययनरत बिश्वबिधालयको एक कार्यक्रमको निमित्त अमोरिकन लगाएत बिभिन्न देशका ५० जना बिधार्थिलाई नेपाली नृत्य प्रशिक्षण गराउने भएकी छिन् ।

४१ घण्टा ०५ मिनेट लगातार युगल नृत्य गरेर बिश्व किर्तिमान (World Genius record) राख्न सफल नृत्यंगना एलिशा स्रेष्ठ र रुबिशा श्रेष्ठ दिदि बहिनी मध्ये बहिनी एलिसा केहि महिना पहिले मात्र उच्च नृत्य शिक्षाको लागी संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यको सेन्ट लुईस स्थित वेबस्टर बिश्वबिधालयमा आएकी छिन् ।

नृत्यंगना एलिशा अध्ययरत बिश्वबिधालयले आउने बुधबारको दिन हुने एक बिशेष कार्यक्रमको निमित्त सो जिम्मेबारी पाएकी हुन् ।
नृत्यंगना एलिसा एक कुशल म्युजिक भिडियो मोडल पनि हुन् । उनिले हाल सम्म दर्जन म्युजिक भिडियोमा अभिनय तथा नृत्य पनि गरेकी छिन् । जस् मध्ये केहि म्युजिक भिडियोहरु मिलियन्स भिएर्सको क्लबमा पनि छन् ।

एलिसाले नृत्य गरेको २ म्युजिक भिडियो तल राखिएको छ ।


