Banner

क्यालिफोर्नियामा नेपाली उबर चालक माथि बन्दुक देखाई लुटपाट

 

मकै हाउस टिभी एण्ड न्युज, 

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको  उत्तरी क्यालिफोर्नियाको ओकल्याण्डमा नेपाली उबर चालक विमल मगरमाथि बन्दुकधारीले आक्रमणको प्रयास गरेको छ । 

उबर चालक बिमल मगरलाई बन्दुकधारीले तेरो घर कहॅा हो ? भनेर  सोधेपछि बिमलले आफू नेपालबाट आएको बताएपछी बन्दुकधारीले टाउकोमा बन्दुक ताकि कार बाट बाहिर निस्कन लगाई घुडा टेकेर बस्न लगाई पर्स र गाडीको चाबि मागी कार लिएर फरार भएको हो । 

 

उक्त घटनापछि उबर चलाउनै डर लागेको उनले बताएका छन्। घटना गत अक्टोबर १ मा भएको हो। 

 

 

Loading...