
“समता सॅाझ” मा ‘मह’ जोडीको साथै राम कृष्ण ढकाल, बिमल डॅागी र निशा सुनारको बिशेष प्रस्तुती रहने
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । समता ग्लोबल सिनेट र आर के फ़ाउन्डेशनको संयुक्त आयोजनामा हुने “समता सॅाझ” मा बरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य र गायक राम कृष्ण ढकालले बिशेष प्रस्तुती दिने भएका छन् ।
नेपाली चलचित्र जगतमा उल्लेखनिय योगदान पुर्याउनु भएका नेपाली सिने जगतका हस्तिहरु मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य बरिष्ठ गायक राम कृष्ण ढकालको साथै केही बर्ष देखि न्युयोर्कलाई कर्मथलो बनाऊदै आएका राष्ट्रिय लोक तथा दोहोरी गायक बिमल डॅागी र राष्ट्रिय लोक तथा दोहोरी गायिका निशा सुनारको बिशेष प्रस्तुती रहनु का साथै न्युयोर्कबाट उदाउदै गरेका गायक मुकेश घिमिरे र अन्य स्थानिय कलाकारको पनि प्रस्तुती रहने समता ग्लोबल सिनेटका बरिष्ठ उपाध्यक्ष टिका ढकालले जानकारी दिए ।

आगामी नोभेम्बर ५,२०२२ शनिबार राति ६:०० बजे बाट सुरुहुने कार्यक्रमको उद्घोष (कार्यक्रम संचालन) न्युयोर्कका चर्चित होस्ट तथा नेपाली सिने तथा म्युजिक भिडियो निर्देशनमा बिशेष योगदान पुर्याउदै आईरहेका म्युजिक भिडियो निर्देशक तथा होस्ट बिक्की पुलामीले गर्नेछन् । भने कार्यक्रम वुडहेभन म्यानर क्याटर्स एण्ड ब्यांगक्विट, वुडहेभन, न्युयोर्क ( Woodhaven Manor Caters & Banquet, 96-01 Jamaica Avenue, Woodhaven, New York 11421) मा हुनेछ ।
समता ग्लोबल सिनेट ?
समता ग्लोबल सिनेट, गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउनका लागी स्थापित एक नाफारहीत संस्था हो ।
आर के फाउन्डेशन ?
आर के फ़ाउन्डेशन ५०१सि ३ अन्तर्गत सन २०१५मा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा दर्ता भई स्थापित भएको गैरनाफामुलक सॅस्था हो । अमेरिकामा मात्र नभै नेपालमा पनि शिक्षा , स्वास्थ्य र मानवीय कार्यमा सक्रिय रूपमा सहयोग पुर्याऊदै आईरहेको यस् संस्थाले नेपालको समता स्कूल र त्यसको लक्ष्य प्राप्तीको निमित्त बिशेष ब्यबस्थापनमा महत्वपूर्ण भुमिका खेल्न र सहयोग पुर्याउन सकियोस भन्ने हेतुले न्युयोर्कमा संयुक्त रूपमा कार्यक्रम गर्न लागेका हुन् ।

