Banner

‘दिपावली सॅाझ’ ओहायोमा जगदिश समाल, यम बराल लगाएत दर्जन कलाकारको प्रस्तुती हुने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाली भाषा तथा कला केन्द्र र मेनुका मेमोरियल फाउन्डेसनको बिशेष सहयोगमा भोली अक्टोबर २२,२०२२ शनिबार सॅाझ ५ः३० बजे बाट ८ः३० बजे सम्म चल्ने “दिपावली सॅाझ २०२२” मा गायकद्वय जगदिश समाल र यम बराल सहित दर्जनौ कलाकारले आफ्नो प्रस्तुती दिने भएको छ ।

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको सिनसिन्नाटी शहरमा हुने उक्त कार्यक्रम रमेश कडेल, किशोर शिवाकोटी, तारा दाहाल र छबी न्यौपानेको संयुक्त आयोजनामा हुन लागेको हो । उक्त कार्यक्रममा बरिष्ठ गायकद्वय जगदिश समाल र यम बराल संगै सिनसिन्नाटिमै रहेका कलाकारहरु प्रयास रसाईली, नरेश गौत्तम, मुना क्षेत्री, खादा गौत्तम, रेनुका चाम्लिंग, बिशाल उप्रेती, अरुण तामांग, प्रबिण दियाली, मनोरथ तिवारी, रमेश कॅडेल, छबि न्यौपाने, मंजु लामा, किशोर शिवाकोटी, निर्मला सन्यासी र सौरभ तिम्सिनाको प्रस्तुती रहने छ ।

 

 

Loading...