
न्युयोर्कमा “दिपावली सॅाझ २०२२” राम कृष्ण ढकालको साथमा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा हुने “दिपावली सॅाझ २०२२” राम कृष्ण ढकालको साथमा हुने भएको छ ।
सिन्धु युएसए वेलफेएर सोसाईटीको आयोजनामा आगामी अक्टोबर २३,२०२२ आईतबार हुने “दिपावली सॅाझ २०२२” मा गायक राम कृष्ण ढकालको एकल गायन रहनेछ । र साथमा न्युयोर्कलाई कर्मभुमी बनाई बसेका अन्य कलाकारहरुले पनि प्रस्तुती दिने भएको छ ।

न्युयोर्क स्थित गुल्सन ट्रेस हलमा हुने उक्त कार्यक्रम रातिको ७ः०० बजे बाट सुरु भई मध्यरात सम्म चल्नेछ ।

