Banner

तमु परिवार न्युयोर्कले बिबिध सांस्कृतिक कार्यक्रम संगै देउसी भैलो खेलेको छ

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । तमु परिवार न्यूयोर्कले गत शनिबार तिहारको अवसरमा  विविध सास्कृतिक कार्यक्रमको साथै देउसीभैलो खेली मनाएको छ ।

न्युयोर्कको ज्याक्सनहाइट्स स्थित शेर्पा किदुगको भवनमा आयोजित उक्त कार्यक्रमा न्युयोर्क समाजका  अगुवाहरुको  उपस्थिती रहेको कार्यक्रममा गुरुङ संस्कृति झल्कने गीत तथा नृत्यसंगै मौलिक रितिरिबाज अनुसार देउसी भैलो खेली तिहारलाई स्वागत गरेका थिए । 

तमु परिवारका अध्यक्ष मनिता गुरुङले भनिन् , “प्रवासमा पनि नेपाली मौलिक कला सस्कृतिको संरक्षण तथा निरन्तरताको लागी हरेक वर्ष झै यस पटक पनि देउसीभैलो कार्यक्रम आयोजना गरिएको हो” 

 

उक्त कार्यक्रममा  देउसी भैलोबाट दक्षिणा स्वरुप ९ हजार ४ सय ३५ डलर संकलन गरेका छ । ऊठेको रकममा खर्च कटाएर बचेको रकम तमु भवन खरिदको लागी उपयोग गरिने तमु परिवारका महासचिव देविजंग गुरुङले बताएका छन्।

 

Loading...