Banner

किरात याक्थुङ चुम्लुङ अमेरिकाले यसपाली पनि बार्षिक मौलिक पर्ब बलिहाङ तङ्नाम धुमधाम साथ मनाएको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । गत शुक्रबार अक्टोबर २१,२०२२ को राती सम्पन्न कार्यक्रममा संयुक्त रास्ट्र संघका लागी नेपालको तर्फबाट स्थायी प्रतिनिधी महामहिम अमृत बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।  भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष सुमन थम्सुहाङ ले गरेका थिए।  भने बिशेष अतिथिमा एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङ्छिरिङ शेर्पा र फिप्नाका सभामुख सुबर्ण कुमार शाक्य रहेको थियो । 

कार्यक्रममा एक दशक  लामो समय देखि संस्थालाई निरन्तर योगदान पुर्याउदै आएकोले उक्त योगदानको कदर गर्दै कानुनि सल्ल्हाकारद्वय  दुर्गा सुब्बा र करम बहादुर योङ्हाङ लाइ प्रमुख अतिथिको हातबाट दोसल्ला ओढ़ाई सम्मान गरेको थियो ।

बिभिन्न खानाको परिकार अनि नाचगानले कार्यक्रम निकै रमाईलो बनेको थियो । 

आयोजक संस्थाका महासचिब सुर्य लिङ्देनले औपचारिकता गरेको कार्यक्रममा स्थानिय कलाकारहरु सोनिया लिम्बु, एलिशा लिम्बु, भुपेन्द्र अधिकारि, साँगे शेर्पा, निमा शेर्पा, रिन्जि डॉल्मा शेर्पाले आफ्नो प्रस्तुती दिएका थिए ।

 

 

Loading...