Banner

न्युयोर्कमा युक्राले देउसी-भैलो खेलेर तिहार मनाएको छ ।

 

मकै हाउसटिभी एण्ड न्युज,
न्युयोर्क  । संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित क्विन्समा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले भव्यताका साथ देउसी भैलो खेलेर तिहार मनाएको छ ।

 

युक्रा न्युयोर्क च्यप्टरको आयोजनामा न्युयोर्कको एल्म्हर्स्टस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा हालै खेलिएको देउसी-भैलो कार्यक्रम युक्रा न्युयोर्क च्यप्टरकी अध्यक्ष ममता खालिङ राईको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा जनजाती महासंघ नेपालका पूर्व उपाध्यक्ष डण्डु ढोक्प्या शेर्पा प्रमुख अतिथी थिए। त्यस्तै, कार्यक्रममा खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राई, युक्राका केन्द्रीय पुर्वध्यक्ष मूना राई, युक्रा केन्द्रीय सदस्य गराचा किरात, बिशेष अतिथी र अतिथिहरु युक्रा न्युयोर्क च्यप्टरका सल्लाहकारहरु युक्रा केन्द्रिय पुर्बाध्यक्ष प्रभाकर राई, राष्ट्रिय कलाकार तथा नृत्य निर्देशक गोबिन्द राई, युक्रा न्युयोर्क च्यप्टर निबर्तमान अध्यक्ष नविनकला राई, पुर्व युक्रा केन्द्रिय सदस्य सुखराज राई र समाज सेवी हेम कुमार राई थिए।

देउसी-भैलो कार्यक्रममा हालै नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यका लागि नियुक्त गरेको पर्यटन दूत तथा युक्राका केन्द्रीय उपाध्यक्ष तथा समाज सेवी केशवराम राईलाई बिशेष सम्मान गरिएको थियो। कार्यक्रममा स्थानिय कलाकारहरु युक्रा न्युयोर्क च्यप्टरकी आजीवन सदस्य यशोदा खालिङ राई, युक्रा न्युयोर्क च्याप्टर आजीवन सदस्य बिपन राई, मिङ्मा मगर गीत गाएर मनोरन्ज प्रदान गरेका थिए भने यन्सर्ज गुरुङ, सुनन्दा राई, बबिता राई, मालती राई र बेन्जु राईले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमूख अतिथी डण्डु ढ्योक्पा शेर्पाले नेपालका जनजातीहरु अझै पनि समान अधिकारबाट बन्चित भएको र जनजातीहरुको मुद्दा सरकारले सुनुवाई गर्नुपर्ने बिचार ब्यक्त गर्दै तिहारको शुभकामना ब्यक्त गरेका थिए।


यस्तै युक्रा न्युयोर्क च्यप्टरकी अध्यक्ष तथा कार्यक्रमकी सभापति ममाता खालिङ राईले तिहारको शुभकामना दिने क्रममा देउसी-भैलो खेलेर मनोरन्जनका साथै संयुक्त राज्य अमेरिकामा किरातीहरुको पहिचानको प्रतिक साकेलाथान निर्माण गर्ने प्रमुख उद्देश्य रहेको र सबैले आ-आफ्नो तर्फबाट खुलेर सहयोग गर्न अनुरोध गर्दै सहयोगी सबैको नाम साकेला थानमा देखिने गरी लेखिने जानकारी पनि दिइन् । साकेला थान निर्माणको निमित्त हालसम्म एक लाख डलर भन्दा बढी संकलन भैइसकेको छ।

युक्रा न्युयोर्क च्याप्टरका उपाध्क्ष कृष्ण प्रसाद राईले पनि शुभकामना सन्देश दिदै किरात साभ्यताका किराती राजा बलिहाङ्ले बिजय प्राप्त गर्दा आफ्ना सैनिकहरुलाई बिजयको सन्देश दिन गाउँ-बस्तिमा देउसि-भैलो माग्न पठाएको कारण अहिले पनि देउसि-भैलोमा किराती राजा बलिहाङको नाम प्रचलनमा आएको भनाई ब्यक्त गरे । यस्तै सल्लाहकार प्रभाकर राईले अमेरिकामा रहेका सम्पूर्ण किरातीहरु एकजुट भैइ भाईचरा, एकता र समधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

युक्रा न्युयोर्क च्यप्टर, क्यालिफोर्निया च्यप्टर र न्यु इङ्ल्याण्ड च्यप्टरले देउसी-भैलो खेलिसकेको छ भने टेक्सास् च्यप्टर र डिएमभिपि च्यप्टरले खेल्नेक्रममा रहेको जानकारी दिएका थिए।

 

Loading...