
न्युयोर्कमा नायक भुबन केसी संगको ‘मिट एण्ड ग्रिट’ र ‘बेबी बसन्ती’ संगै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरको क्विन्समा सदाबहार नायक भुबन केसी संगको मिट एण्ड ग्रिट कार्यक्रम र नृत्यंगना तथा गायिका बसन्ती राईको ‘बेबी बसन्ती’ बोलको भिडियो न्युयोर्कमा एकै साथ प्रिमियर भएको छ ।

नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सदाबहार नायक भुबन केसी अमेरिका भ्रमणमा रहेको अबसरलाई हात पार्दै न्युयोर्कको क्विन्स स्थित गोर्खाली नेपाली रेष्टुरेन्टको आयोजनामा ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

सोहि समय न्युयोर्कमा रहि दुई दशक लामो समय देखि नृत्य र गायन कलालाई निरन्तरता दिदै आएकी न्युयोर्ककी परिचित नृत्यंगना तथा गायिका बसन्ती राईले केहि समय अघी नेपाल गई ‘बेबी बसन्ती’ बोलको भिडियो बनाई सार्बजनिक गरेकी थिईन् । सोहि बोलको भिडियो न्युयोर्कमा शो तथा पत्रकार भेटघाट कार्यक्रम गरि गित र भिडियोबारे जानकारी गराएकी थिईन् ।

कार्यक्रममा न्युयोर्कका चर्चित सामाजिक अभियन्ताहरुको साथै राष्ट्रिय कलाकारहरु र पाहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा भुबन केसी र बसन्ती राईलाई खादा तथा माला लगाई भब्य स्वागत तथा बधाई दिएका थिए ।

कार्यक्रममा न्युयोर्कको क्विन्स स्थित गोर्खाली रेष्टुरेन्टमा भएको थियो भने कार्यक्रम बिक्की पुलामीले संचालन गरेका थिए ।

