Banner

हिमानी ट्रस्ट न्युयोर्कले ‘किड्स आर्ट कन्टेस्ट’ गर्दै, आबेदन दिन आव्हान

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । हिमानी ट्रस्ट अमेरिका, न्युयोर्क ब्युरोको आयोजनामा न्युयोर्कमा ‘किड्स आर्ट कन्टेस्ट’ हुने भएको छ ।

हिमानी ट्रस्ट अमेरिका, न्युयोर्क ब्युरोको आयोजनामा आगामी नोभेम्बर १२,२०२२ शनिबारको दिन पुर्ब युबराज्ञी हिमानी शाहको जन्मदिनको अवसरमा न्युयोर्कको क्विन्स स्थित 51-30 Queens Blvd, NY 11377 को हलमा ‘किड्स आर्ट कन्टेस्ट’ गर्न लागेको हो ।

न्युयोर्कमा रहेको नेपाली बालबालिकाहरुमा हौसला प्रदान होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको आयोजकले बताएका छन् ।

उक्त आर्ट कन्टेस्टको निर्णायक मणडलमा भने कलाकार तुलसी नारायण चित्रकार रहने छ । कन्टेस्टमा १० बर्ष सम्मका प्रतियोगीले हौसला स्वरुप मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । भने १० बर्ष देखी १३ बर्ष उमेर सम्मका प्रतियोगी बिच प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा बिजयीले मेडल र प्रमाणपत्र प्रदान गर्ने छ । 

दर्ताको समय खुल्ला भएकोले समयमै आफ्ना बाबु नानीको नाम दर्ता गराउन हुन हिमानी ट्रस्ट अमेरिका, न्युयोर्क च्याप्टरका एम्बेस्डर तथा कार्यक्रम संयोजक शंकर बिशुंकेले आग्रह गरेका छन् । 

 

Loading...