Banner

न्युयोर्कमा ‘समता सॅाझ’ भब्यरुपमा सम्पन्न ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । न्युयोर्कमा गत शनिबार ‘समता सॅाझ’ निकै उत्साहपुर्ण तरिकाले सम्पन्न भएको छ । 

ग्लोबल समता सिनेट र आरके फाउन्डेसनको संयुक्त संयोजकत्वमा नेपालमा ‘सबैको लागी शिक्षा’ अभियानका अभियन्ता उत्तम सॅजेल द्वारा संचालित ‘समता स्कुल’ जहॅा कक्षा १ देखि मास्टर्स डिग्री सम्म रु.१०० महिनाको फि मा अध्ययन गराईन्छ सोहि स्कुलको सहयोगार्थ गत शनिबार न्युयोर्क स्थित वुडहेवन म्यानर क्याटर्स एण्ड ब्यान्क्विट हलमा “बृहत शुसोभन तथा सांस्कृतिक कार्यक्रम, समता सॅाझ” सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा बरिष्ठ हास्य अभिनेता तथा समता स्कुल संरक्षकद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, बरिष्ठ गायक राम कृष्ण ढकाल, बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डॅागी, लोक तथा दोहोरी गायिका निशा सुनार, बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको प्रस्तुती, बाल गायिका जारा रित प्रसाई, स्थानिय कलाकारद्वय लोचना सुवेदी, मुकेश घिमिरे, सुस्मिता पुरी र बृहती हमालले प्रस्तुती दिएका थिए । भने कार्यक्रमको उद्घोषण बिक्की पुलामीले गरेका थिए । 

कार्यक्रममा नेपाली डाएस्पोरा अमेरिकाका गन्यमान्य ब्यक्तित्वहरु बरिष्ठ कानुन ब्यबसायी खगेन्द्र जिसी, डा. रेखा हमाल, महाबाणिज्यदुत बिष्णु गौत्तम, बाणिज्यदुत गणेश अधिकारी, सामुदायिक अभियन्ता नवराज केसी लगाएत धेरै संघ संस्थाका प्रतिनिधिहरुको साथै न्युयोर्कबासीहरुको बाक्लो उपस्थिती रहेको थियो । 

वर्ल्ड नेपाली म्युजिक अवार्ड ईंकका अध्यक्ष तथा गायक आंग गेलु शेर्पा र उनका सहकर्मिहरुको समुहले समता स्कुलको सहयोगार्थ रु. ६ लाखको चेक स्टेजमै गई उत्तम संजेल र मह जोडीको हातमा हस्तान्तरण गरेका थिए । 

उक्त दिन अमेरिकी डलर $१००० तिरी समता स्कुल सहयोगार्थ ग्लोबल समता सिनेट २८ जना बनेका थिए । 

 

 

Loading...