
नेपाली चलचित्र “कप्टी”को न्युयोर्कमा सफलता पुर्बक प्रदर्शन
मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाली कथानक चलचित्र ‘कप्टी’को न्युयोर्कमा सफलतापुर्बक प्रदर्शन भएको छ ।

गत शनिबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कको क्विन्स स्थित युए कौफम्यान रेगल थिएटर, एस्टोरियामा दिउसो २:०० बजेको शो सफलता पुर्बक प्रदर्शन भएको छ । गॅाउ घरको परिबेशलाई यथार्थमा उतार्न प्रयत्न गरिएको चलचित्रलाई भपेन्द्र गुरुंगले निर्देशन गरेका हुन् ।भने तमु समाज न्युयोर्ककी अध्यक्ष तथा महिला ब्यवसायी मनिता गुरुंगले निर्माण गरेकी हुन् ।

३०० जना भन्दा बढी दर्शकको घुईचो रहेको ‘कप्टी’ लाई सम्पुर्ण दर्शकहरुले चाखपुर्ण तरिकाले हेरेका थिए भने चलचित्र राम्रो र आफ्नै मौलिकतामा बनेको जनाएका छन् ।

