
न्युयोर्कमा ‘सुर सुधा ब्याण्ड’को बिशेष कार्यक्रम हुदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा एक नेपाली ऐतिहासिक ब्याण्ड ‘सुर सुधा ब्याण्ड’को बिशेष कार्यक्रम हुने भएको छ ।
नमस्ते ग्रुप, बुद्ध ट्याक्स एण्ड एकाउन्टिंग, रेबेल ईभेन्ट्स ईंक र नवराज केसीको संयुक्त आयोजनामा आगामी शनिबार नोभेम्बर १२,२०२२ को सॅाझ ६:३० बजे ‘सुर सुधा’ द लेजेन्डरी म्युजिकल ब्याण्ड गाला डिनर हुने भएको छ ।

ब्याण्डमा गायिका सरस्वती खत्री, तबलामा सुरेन्द्र श्रेष्ठ, बासुरीमा रमन महर्जन र गिटारमा बिकास सुनार छन् । जस्ले गाला डिनरलाई संगितमय शनिबार सॅाझ बनाउने छन् ।
कार्यक्रम न्युयोर्कको क्विन्स स्थित धर्म हाउस, 6006 39th Avenue , Woodside, New York, 1377 मा हुने छ ।


