
शुक्रबार राती न्युयोर्क “म्युजिकमाण्डु”मय बन्दै, निमा रुम्बा, एड्रिएन प्रधानको बिशेष प्रस्तुती रहने
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । भोलि शुक्रबार राती न्युयोर्क “म्युजिकमाण्डु”मय बन्नेछन् । जहॅा निमा रुम्बा र एड्रिएन प्रधानले बिशेष प्रस्तुती दिनेछन् ।

केटीएम ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको ‘म्युजिकमाण्डु’को दोश्रो शृंखला हो यो ‘म्युजिकमाण्डु २’ । २०१६ मा केटिएम ईन्टरटेन्मेन्टले पहिलो चोटी ‘म्युजिकमाण्डु’ नाम दिएर पहिलो सांगातिक कन्सर्ट गरेका थिए । जुन बेला निमा रुम्बा, १९७४ ब्याण्ड, एन्जल्स ब्याण्ड, मुक्ति एण्ड रिबाईबल ब्याण्ड र धेरै नयॅा आगमन कलाकारहरुले प्रस्तुती दिएका थिए । भने ऊ बेला पनि कार्यक्रमको होस्ट भने बिक्की पुलामीले नै गरेका थिए ।

केटिएम ईन्टरटेन्मेन्ट न्युयोर्कमा सबै भन्दा धेरै कन्सर्ट गर्ने ईभेन्ट कम्पनि हो । ‘म्युजिकमाण्डु २’ सकिनासाथ नरेन लिम्बु (आस्था ब्याण्ड) लाईभ ईन अमेरिका (डिसेम्बर र जनवरी) हुने आयोजकले जनाएको छ ।

यसपालीको ‘म्युजिकमाण्डु २’मा गायकद्वय निमा रुम्बा र एन्जल्स ब्याण्ड, एड्रिएन प्रधान (१९७४) र ब्याण्ड, जोए ब्याण्ड, पेमा मान सिंह तामांग, आफ्टर पार्टी डिजे रोकेश, डिजे कर्मा र डिजे नामीले माहौल तताउने छ । भने कार्यक्रमको होस्ट बिक्की पुलामीले गर्नेछन् ।

कार्यक्रम नोभेम्बर ११,२०२२ (शुक्रबार) राती ९:०० बजे देखि बिहानको ४:०० बजे सम्म चल्नेछ । भने कार्यक्रम न्युयोर्कको एस्टोरिया स्थित मेलरोज बलरुममा हुने छ ।

