
दाईजोमा काठमाण्डौमा घर किन्दे भन्दै डा. पंकज चौधरी द्वारा नेहा चौधरी माथी चरम यातना ।
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । केहि महिना पहिले बिवाह बन्धनमा बाधिएकी नेहा चौधरी माथी काठमाण्डौमा घर किन्दे भन्दै आफ्नो श्रीमान डा. पंकज चौधरी द्वारा चरम यातना भोगेकी छिन् ।

नेहा चौधरीले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेको पिडा जस्ता को तस्तै :-
“मेरो बिहे भएको ८ महीना भयो Dr.Pankaj Chaudhary संग ! हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो ! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो !
विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान , सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले ! म दुःख सुख गरी बसिरहेको थिए ! मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, Grande hospital मा काम गर्नु हुन्छ! मलाई नि आफू संग राख्नु भन्ने बित्तिकै मलाई पटकपटक कुटपिट गर्नु हुन्थ्यो !
म सहन नसकेर थानामा गए, मलाई गंभीर हुने गरी पिटेर मेरो आमालाई आफनो छोरी लैजाउ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३ दिन हॉस्पिटलमा भर्ना भइ जॉच गराए! त्यसपछी थानामा निबेदन दिए! थानामा मेरो श्रीमान ४दिन पछी उपस्थित हुनुभयो, उपस्थित हुना साथ म एस्लाइ राख्दिन, घर छिर्न दिन्न भन्नू भयो ! उहाँ थानामा २ दिन बस्नु भयो ! तरपनी पावर लगाएर निस्कनु भो! त्यसपछी पनि मलाइ अत्याचार भै रह्यो। सहन नसकेर मैले घरेलू हिंसाको मुदाको दर्ता गराए! तर त्यहि दिन ४ गते वहाले divorce मुदा दर्ता गरेर मलाई घर छिर्न दिनु भएन ! मलाई अंश दिनू पर्छ डिभोर्स हुदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित नन्दहरुलाई बकस गरीदिनु भयो ! मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन ! म बिहे गरेको सङै बाच्न मर्नको लागि हो ! वहाहरुले मलाई बार बार कुटपीट नगरोस भनेर म महिला थानामा गएको तर मलाइ न्याय मिलेन कतै बाट !
मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २०तोला, furniture लगायत अन्य सामानको लागि 1crore 25lakh को खर्च भयेको थियो! विवाह सम्पन्न भएको केही दिन पछी नै वहाले मलाइ काठमांडूमा घर किन भन्न थाल्नु भाको थीयो ! तेहि सबको कारण नि मलाई घरमा कुटपीट गर्नु हुन्थ्यो ! घरमा सासु र नन्दहरुकै कुरा चल्ने भएकोले मेरो श्रीमान उनिहारूले भन्ने बीतिकै मलाई कुटिहाल्ने गर्नुहुन्थ्यो ! कुट्पिट भएर पेटमा चोट लगेको कारण पिसाबद्वारा blood जाना थलेको छ ! मैले मेरो सासु ससुरालाई भने तर केही वास्ता गर्नु भएन ! मलाई मेरो श्रीमानले तेरो अनुहार बिगारी दिन्छु भन्नू हुन्छ! म घर बाहिर निस्कन सकेको छैन! अहिले माइतमा आइ पुगेकी छु शरण माग्न ,मलाइ धेरै गारो भाको छ बाच्न!

Please मलाई न्याय दिनु, मलाइ बाच्न सहयोग गरिदिनु 😭😭🙏”