
न्युजर्सीमा ‘मह’जोडी संगको ‘मिट एण्ड ग्रिट’ र फण्डराईजिंग कार्यक्रम हुने
मकै हाउस टिभी एण्ड न्युज,
न्युजर्सी । न्युजर्सीको एडिसनमा बरिष्ठ हास्य अभिनेताद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य संगको मिट एण्ड ग्रिट र फण्डराईजिंग कार्यक्रम हुने भएको छ ।
रोटरी क्लब अफ ह्वाईट हाउस डिस्ट्रिक्ट ७४७५, रोट्रयाक्ट क्लब अफ न्युजर्सी, फ्रेन्डस् अफ नेपाल न्युजर्सी, न्युजर्सी नेपाली समाज, वुमन फर कज र एनआरएनए एनसिसि अमेरिका, न्युजर्सी च्याप्टरको संयुक्त हातेमालोमा नेपालमा “सबैको लागी शिक्षा” अभियानका अभियन्ता उत्तम संजेल द्वारा संचालित स्कुल जहॅा रु. १०० महिनाको शुल्कमा कक्षा १ देखि उच्च शिक्षा सम्म अध्यापन गराईन्छ, सोहि स्कुल ‘समता स्कुल’को सहयोगार्थ बरिष्ठ अभिनेताद्वय तथा समता स्कुलका संरक्षक मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य संगको मिट एण्ड ग्रिट र फण्डराईजिंग कार्यक्रम हुने भएको हो ।

कार्यक्रम न्युजर्सीको एडिसन स्थित मिर्चि रेष्टुरेण्टमा आगामी नोभेम्बर १६ बुधबार राती ६:३० मा हुने भएको छ ।
कार्यक्रममा मह जोडी संगै समता स्कुलका संचालक उत्तम संजेल र न्युजर्सि र न्युयोर्कमा बसोबास गर्ने नेपालीहरुको उपस्थिती रहने छ ।

