
फ्रान्सका स्टार खेलाडी बेन्जेमाले पनि यस् सिजन फिफा बिश्वकप गुमाउने भएको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
एजेन्सी । फ्रान्सका स्टार फरवार्ड करिमा बेन्जेमाले पनि आज (आइतबार) देखि शुरु हुने फिफा विश्वकप कतार २०२२ को सम्पुर्ण खेल हरु गुमाएका छन् ।
प्रशिक्षणको क्रममा तिघ्रामा चोट लागेपछि बेन्जेमा विश्वकप गुमाउने भएका हुन् । तिघ्रामा चोट लागेपछी एमआरआई स्क्यानले तिघ्राको मांसपेशीमा चोट लागेको पुष्टि गरे पछी उनको फिफा बिश्वकप २०२२को यात्रा टुंगिएको हो ।
फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले उनलाई तिघ्रामा समस्या भएको र प्रतियोगितामा सहभागी हुन नसक्ने बताउदै एक बिज्ञप्ती जारी गर्दै दुख ब्यक्त गरेको छ ।
‘सम्पूर्ण टोलीले करिमको दुःख साझा गर्दछ र उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

