Banner

फिफा बिश्वकपको पहिलो खेलमै साउदी अरब संग अर्जेन्टिनाको लज्जास्पद हार

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । फिफा विश्वकप कतार २०२२मा अर्जेन्टिनाले  साउदि अरब संग खराब सुरूवात गरेको छ।

मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई  साउदी अरेबियाले २-१ गोलले हरायो।

कप्तान  मेसीले खेलको दशौ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै गोल गर्दै खेलमा अग्रता लिएको थियो । 

पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषणा गरेका थिए । 

खेलको दोश्रो हाफमा  ४८ मिनेटमा साउदि अरेबियाको तर्फबाट सलेह अलशेरीले गोल गर्दै टिमलाई बराबरी बनाएका थिए । भने  ५३ औ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ लाई जितको नजिक पुर्याऊदै उत्कृष्ट खेल खेल्दै अन्तत पहिलो जित दर्ता गर्दै  विश्वकप इतिहासमा एक चर्चित जित निकाल्न सफल भएको छ । 

 

Loading...