
फिफा बिश्वकप २०२२ को समुह चरणको खेलमा बेल्जियमको कठिन जित
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । भर्खरै सम्पन्न फिफा बिश्वकप कतार २०२२ को समुह चरणको खेलमा क्यानाडामाथी बैल्जियमले कठिन जित दर्ता गरेको छ ।

आज बुधबारको समुह चरणको अन्तिम खेलमा क्यानडाले उत्कृष्ट खेल खेल्दा बेल्जियमको गोलकिपर बाधक बनेको थियो । खेलको पहिलो हाफमा बेल्जियमले गरेको एक मात्र गोल नै निर्णायक गोल बन्दा बेल्जियमले पहिलो जित दर्ता गरेको छ ।

