Banner

फिफा बिश्वकप २०२२ मा घाना माथि पेर्चुगलको कठिन जित

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । कतारमा जारी फिफा बिश्वकप २०२२ को आजको खेलमा पोर्चुगलले घाना माथि निकै कठिन जित निकालेको छ । 

आज भएको समुह चरणको पोर्चुगल र घाना बिचको दोश्रो खेलको पहिलो हाफमा दुबै टोलिबाट गोल गर्न सकेको थिएन । खेलको सुरुवाती ६४ मिनेट सम्म पोर्चुगलको खेल निकै कमजोर देखिएको थियो । खेलको ६५ औ मिनेटमा घानाको डिबक्स भित्र भाग्यबस रोनाल्डोलाई लडाए पछी पोर्चुगलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गर्दै टोलिलाई १-० को अग्रता दिलाएको थियो । 

१ गोल खाईसकेपछी भने घाना आक्रमकरुपमा प्रस्तुत हुदै खेलको ७३ औ मिनेटमा घानाको तर्फबाट आयुले उत्कृष्ट गोल गर्दै टोलिलाई बराबरीमा ल्याएको थियो । बराबरी गोल खाईसके पछी पोर्चुगलले खेलमा लय पक्डिदै २ मिनेटको अन्तरमा उत्कृष्ट गोल गर्दै टोलीलाई ३-१ को अन्तरमा अगाडी बढाएको थियो ।पोर्चुगलको लागि २ मिनेटको अन्तरमा गोल गर्नेमा ७८ औ मिनेटमा जोआ फेलिक्स र ८० औ मिनेटमा राफाएल लेओ हुन् । 

त्यसपछी खेलको ८९ औ मिनेटमा घानाको तर्फबाट बुकारीले उत्कृष्ट गोल गर्दै खेललाई २-३ को झिनो मतान्तरमा ल्याएको थियो । त्यसपछी पनि घानाले निरन्तर पोर्चुगलको पोलमा बल बढाउदा पनि गोल गर्न चुके पछी खेल पोर्चुगलले ३-२ ले जित दर्ता गराएको हो । 

 

Loading...