
सर्बिया बिरुद्ध ब्राजिलको उत्कृष्ट जित, फिफा बिश्वकप २०२२
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आज भएको फिफा बिश्वकपको समुह चरणको अन्तिम खेलमा सर्बिया बिरुद्ध ब्राजिलले उत्कृष्ट जित दर्ता गरेको छ ।

खेलको पहिलो हाफमा दुबै टोलिबाट गोली गर्न नसकेपछी गोल रहित बराबरमा पहिलो हाफ समाप्त भएको थियो । दोश्रो हाफको ६२ औ मिनेटमा ब्राजिलका रिचार्लिसनले पहिलो गौल गर्दै खैलमा अग्रता लिएको थियो । भने रिचार्लिसनले नै ७३ औ मिनेटमा एलेक्हान्द्राले दिएको पासको सदुपयोग गर्दै उत्कृष्ट बाईसाईकल गोल गर्दै खेलमा २-० को अग्रता लिएको हो । खेल अबधी भरि ब्राजिलले खेल आफ्नो पक्षमा पार्दै धैरै पटक पोष्टमा प्रहार गरे पनि २ गोल भन्दा धेरै गर्न सकेन । उत्कृष्ट खैलमा दुबै गोल रिचार्लिसनले गरेका हुन् ।

