
नेदरल्यान्ड र सेनेगल फिफा बिश्वकप २०२२ को नकआउट चरणमा प्रबेश
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारि फिफा बिश्वकप २०२२ को नकआउट चरणमा प्रबेश गर्ने अर्को दुई राष्ट्र नेदरल्यान्ड र सेनेगल बनेका छन् ।
आज नोभेम्बर २९,२०२२ मंगलबार भएको समुह चरणको तेश्रो खेलमा बिजयी भएका दुई राष्ट्र नेदरल्यान्ड र सेनेगल नकआउट चरणमा प्रबेश गरेका हुन् ।
समुह चरणको आज भएको तेश्रो खेलमा नेदरल्यान्डले कतारलाई २-०ले पराजित गर्दा ७ अंक जोड्न सफल भई समुह बिजेता बनि नकआउट चरणमा प्रबेश गरेका हुन् । भने सेनेगल र ईक्वेडोर ४-३ अंकका साथ हेड टु हेड अवस्थामा रहेकोले दुबैले खेल जित्नै पर्ने दबाबमा थिए । सेनेगल र ईक्वेडोर दुबै टिम आक्रामक शैलीमा प्रस्तुत भएका थिए । खेलमा सेनेगलले ईक्वेडोर माथि २-१ ले पराजित गर्दै ६ अंक बटुली नकआउट चरणमा प्रबेश गरेका हुन् ।

