Banner

जर्मनी र स्पेनलाई हराउदै एसियाबाट पहिलो राष्ट्र जापान नकआउट चरणमा प्रबेश, जर्मनी आउट

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । कतारमा जारि फिफा बिश्वकप २०२२ को समुह ‘ई’को समुह बिजेता बन्दै एसियाली राष्ट्रबाट पहिलो राष्ट्र जापान नकआउट चरणमा प्रबेश ।

आजको समुह चरणको अन्तिम खेलमा जापानले स्पेनलाई २-१ ले हराउदै एसियाली राष्ट्रलाई प्रतिनिधित्व गर्दै फिफा बिश्वकप २०२२को टप १६ मा स्थान बनाउन जापान सफल भएको छ । खेलको सुरुवाती देखि नै स्पेनले निरन्तर जापानको गोल पोष्टमा प्रहारको बर्षा नै गर्ने प्रयत्न गरेता पनि जापानको रक्षात्मक शैलीको अगाडी केहि नलाग्दा जापानले गरेको २ गोलको सामना गर्नु परेको थियो । खेलको १३औ मिनेटमा स्पेनको तर्फबाट मोराटाले पहिलो गोल गर्दै खेलमा टिमलाई १-० को अग्रता दिलाएको थियो । खेलको दोश्रो हाफमा जापानको तर्फबाट आर डोनले ४८ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछी खेलको ५१ औ मिनेटमा पुन: जापानको तर्फबाट ए तानाकाले अर्को गोल थप्दै खेलमा २-१ को अग्रता दिलाएको थियो । जापानको रक्षापंक्तीको अगाडी स्पेनको केहि नलागेपछी जापानकालागी तानाकाले गरेको दोश्रो गोल नै निर्णायक बन्न पुगे पछी स्पेनले हार ब्योहोर्न पुगेको हो । र जापानले ६ अंक बटुल्दै समुह बिजेता भई फिफा बिश्वकप २०२२ को शिर्ष १६ मा स्थान बनाउन सकेको हो । 

अर्को तर्फ जर्मनि र कोस्टारिका बिच भएको खेलमा जर्मनीले ४-२ को अन्तरमा कोस्टारिकालाई हराएता पनि गोलको आधारमा जर्मनीले शिर्ष १६ मा ठॅाऊ बनाउन असफल हुदॅा स्पेनले शिर्ष १६ मा स्थान बनाउन सफल रहयो । 

 

 

Loading...