
नेपाल आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना)को मेरिल्याण्ड शाखा बिस्तार
मकै हाउस टिभी एण्ड न्युज,
मेरिल्यान्ड । कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय नेपाल आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखाको तदर्थ समिति गठन भएको छ ।
तदर्थ समितिका सदस्यहरूमा कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् ।

फिवनाको अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच भएको एक भेटधाट र छलफल कार्यक्रमबाट उक्त निर्णय भएको हो । तदर्थ समितिले चाडो भन्दा चाडो एक भेलाको आयोजना गरी एक पूर्ण कार्य समितिको स्वरूप दिने बताएका छन् ।
फिवनाको शाखा बिस्तारको परिकल्पना सॅस्था स्थापनाकाल देखि नै तय भएको र बिबिध परिस्थितिका बाबजुद यो संकल्पले पहिलेपळ्ट मूर्तरूप लिने प्रयास गरेको र यसपछि आगामी दिनहरूमा अन्य बिभिन्न राज्यमा पनि शाखाहरू बिस्तार गर्ने सॅस्थाको कार्ययोजनामा रहेको बताएका छन् ।

शाखा बिस्कातार कार्यक्रम सफल पार्नको निमित्त न्यूयोर्कबाट सॅस्थाकि अध्यक्ष इन्दिरा चोङबाङ र सकृय सदस्यद्वय शान्ति जिरेल र मच्छे गुरूङको सहभागिता रहेको उक्त कार्यक्रममा मेरिल्याण्ड र न्युयोर्क बिचको सम्बन्ध बिस्तारको पुलको काम सॅस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरले गरेकी हुन् ।

उक्त भेटधाट तथा छलफल कार्यक्रममा नूयोर्कका प्रतिनिधीहरूले फिवना के हो, किन गठन भयो, अहिले के कस्ता गतिबिधीहरू गरिरहेका छन् र भबिष्यमा यसले के कस्ता गतिबिधीहरू गर्नेछन् भन्ने बिषयमा प्रस्तुत गर्दै जिज्ञासुहरूको प्रश्नको उत्तर बिस्तृतरुपमा दिएका थिए ।

