
न्युयोर्कमा फिप्नाको १७औ वार्षिकोत्सब सम्पन्न, केशब राम राई र पासांग शेर्पा सम्मानित
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा फिप्नाको १७ औ बार्षिकोत्सव सम्पन्न भएको छ ।

गत आईतबार न्युयोर्कको क्विन्स स्थित नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) को कार्यालयमा १७ औ वार्षिकोत्सव फिप्नाका सदस्य संस्थाहरुको प्रतिनिधीहरु र संचारकर्मीहरुको माझ सम्पन्न भएको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रममा केहि दिन पहिले स्वर्गारोहण हुनु भएका मानबशाष्त्री तथा आदिवासी योद्धा स्व.प्रा. डा.ओम गुरुङ को ४९औ तिथि तथा भाषा तथा संस्कृतीबिद शताब्दी पुरुष स्व. सत्यमोहन जोशी प्रति एक मिनेट मौनधारण सहित श्रद्धा सुमन सम्मान अर्पण गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।
फिप्नाका अध्यक्ष राजकुमार बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा फिप्नाका सम्पुर्ण सदस्य संस्थाहरुको प्रतिनिधीहरुले बधाई तथा शुभकामना मन्तब्य राखेका थिय । फिप्नाकी महासचिब टोमा लामा द्वारा औपचारिकता दिईएको कार्यक्रममा न्युयोर्कका दुई ब्यक्तित्व समाजसेबी केशव राम राई र लेखक पासांग शेर्पालाई बिशेष सम्मान पनि गरिएको थियो ।

केशबराम राईले बिगत २ दशक देखि न्युयोर्कलाई कर्मथलो बनाई र फिप्नाको सुरुवाती दिन देखि हालसम्म निरन्तर सहयोग पुर्याउदै आईरहेको र फिप्ना मात्र नभई न्युयोर्कमा रहि निरन्तर सामाजिक काममा आफ्नो योगदान पुर्याएको योगदानको उच्च कदर गर्दै फिप्नाले केशवराम राईलाई सम्मान गरेको हो । र त्यस्तै गरि अर्का सम्मानित हुने ब्यक्ती पासांग शेर्पाले कोरोनाको समय बिशेष न्युयोर्कमा रहि अहोरात्र समाजको निमित्त खटेका योद्धाहरु र कोरोना कहरलाई पुस्तकमा उतार्दै “कोरोना कथा” किताब लेखन गरि समाज सम्म पुर्याउने साहस र लामो समय देखि गित लेखन, ब्यवसाय मार्फत समाजमा पुर्याउदै आएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

साथै फिप्ना द्वारा आयोजित बिश्व आदिवासी दिवसमा सांस्कृतिक कार्यक्रम प्रस्तुति दिएका कलाकार तथा सदस्य संस्थालाई कदर पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभापतित्व गरेका संस्थाका अध्यक्ष राजकुमार बिष्टले सम्पुर्ण बक्ताहरुले शुभकामनाको साथै दिएका सुझाबहरुलाई आफुलाई टिपोट गरि राखेको र संस्था र समाज हितको निमित्त सक्दो राम्रो गर्ने प्रयत्न गर्ने कुरा ब्यक्त गर्दै सम्पुर्णलाई धन्यवाद दिएका थिय ।


