Banner

‘नरेन लिम्बु लाईभ ईन युएस’को लागी नरेन न्युयोर्क आईपुगेकाछन् ।

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । ‘नरेन लिम्बु लाईभ ईन युएसए’को लागी गायक नरेन लिम्बु न्युयोर्क आईपुगेका छन् ।

केटिएम ईन्टरटेन्मेन्टको संयोजकत्वमा हुन लागेको ‘नरेन लिम्बु लाईभ ईन युएसए’ को लागी आज डिसेमेबर ११ आईतबार राती गायक नरेन लिम्बु न्युयोर्कको क्विन्स स्थित जोह्न एफ केन्नेडी अन्तराष्ट्रिय एयरपोर्ट अवतरण गरेको छ ।

 

उक्त कार्यक्रम डिसेम्बर १६ शुक्रबार न्युयोर्कबाट सुरु भई डिसेम्बर १७ भर्जिनिया, डिसेम्बर २४ डल्लास, टेक्सास, डिसेम्बर ३० ह्यारिसबर्ग, पेनेसिलभेनिया, डिसेम्बर ३१ ओहायो र जनवरी १, २०२३ मा अन्तिम कार्यक्रम पिट्सबर्ग, पेन्सिलभेनिया हुदै अन्त्य हुनेछ ।

न्युयोर्कमा हुने ‘नरेन लिम्बु लाईभ ईन न्युयोर्क’को आयोजना भने टिप्सी ईन्टरटेन्मेन्टले गरेको हो । कार्यक्रम डिसेम्बर १६, शुक्रबार राती १०ः३० बाट शुरु भई बिहानको ४ः०० बजे सम्म चल्नेछ । भने कार्यक्रम लेजेन्डरी सब्स (साउन्ड अफ ब्राजिल) २०४ भ्यारिक स्ट्रिट, न्युयोर्क (Lgendary SOB’s – Sound of Brazil) 204 Varick St. New York, NY 10014) मा हुनेछ ।

 

Loading...