
विश्वकपबाट पाएको सबै पैसा गरिबका लागि खर्च गर्नु भन्दै हाकिमले मोरक्को सरकारलाई दिएका छन् ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । २९ बर्षिय मोरक्कन खेलाडी हाकिम जियसले विश्वकप खेलेबापत प्राप्त गरेको सम्पूर्ण रकम गरिब जनताहरूको जीवनस्तर सुधार गर्न प्रयोग होस् भनि सम्पूर्ण रकम राष्ट्रलाई नै दिएका छन्।
हाकिमले भनेका छन् ‘मैले दिलैबाट राष्ट्रका लागि खेलेको हुँ। मेरो सहभागिता पैसाका लागि थिएन,’ उनले पैसाको लागी आफ्नो राष्ट्रबाट नखेलेको बताउदै फिफा बिश्वकप २०२२ खेले बापत प्राप्त गरेको २ लाख ७७ हजार ५ सय ७५ डलर राष्ट्रलाई दान गरेका हुन् ।

फिफा बिश्वकप २०२२ को सेमिफाईनलमा फ्रान्ससँग २-० ले पराजित भएका मोरक्को बिश्वकपमा सेमिफाईनल खेल्ने पहिलो अफ्रिकन राष्ट्र पनि बन्यो । सन् २०१५ बाट राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका हाकिमले व्यावसायिक फुटबल इंग्ल्याण्डको चेल्सी क्लबबाट खेल्छन्।

