
‘तिम्रो मेरो साथ’ले पोखराबाट मोफसल यात्रा थालेको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । पुस २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपालि कथानक चलचित्र ‘तिम्रो मेरो साथ’ टोलिले मंगलबार पर्यटकीय नगरी पोखरादेखि प्रचारप्रसार थालेको छ ।
निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्मको टिजर, गीत र ट्रेलरबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित हुदै अनुभब सुनाउदै पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुने बताएका छन् ।
सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसी, इमिलीको अभिनय रहेको चलचित्रलाई मोफसलका अन्य शहरमा पनि पोखरामा जस्तै न्यानो साथ र स्वागतको अपेक्षा राखेको अभिनेता पुष्प खड्काले बताए ।
पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।भने सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

सविर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेशकाजीको संगीत, रामजी लामिछानेको नृत्य र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

